१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अध्यक्षबाट ओली हटाइए, नेपाल नेकपाकाे नयाँ अध्यक्ष


0
Shares

काठमाडौं । दाहाल–नेपाल पक्षीय नेकपा केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउने निर्णय गरेको छ ।

मंगलबार बबरमहलमा बसेको बैठकले अलोकतान्त्रिक, प्रतिगामी, निरङ्कुश र पार्टी एकताको विरुद्धमा काम गरेकाले केपी शर्मा ओलीलाई अशुसासनको कारबाही गरी पार्टी अध्यक्षको पदबाट मुक्त गर्ने निर्णय गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । यस्तै बैठकले रिक्त रहेको अध्यक्षको पदमा वरिष्ठ नेता माधवकुमार नेपाललाई मनोनित गरिएको छ ।

बैठकले प्रतिनिधि सभा विघटनालाई असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगामी, निरङ्कुश ठहर गर्दै अस्वीकार गर्दै यसको विरुद्धको संघर्ष गर्ने निर्णय गरेको छ । यस्तै बैठकले बालुवाटारमा मंगलबार भएको ओली समूहको केन्द्रीय समिति बैठकलाई भेलाको संज्ञा दिँदै गुटको गतिविधि भएको निष्कर्ष निकालेको छ । यस्तै मंगलबारको बैठकले स्थायी कमिटीले प्रस्ताब गरेअनुसार पूर्वसभामुख कृष्णबहादुर महरालाई नेकपा स्थायी समिति सदस्यमा सर्वसम्मतले मनोनित गरेको छ ।

बैठकमा नेकपाको ४ सय ४१ केन्द्रीय सदस्यमध्ये ३ सय १५ जनाको उपस्थित थिए । दाहाल नेपाल समूहको अर्को केन्द्रीय समिति बैठक पुस ९ गते ११ः३० बजे बबरमहलमै बस्नेछ ।