
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले एकताको पहिलो महाधिवेशन आउँदो बैशाख २५ गते देखि २८ गतेसम्म काठमाडौंमा गर्ने भएको छ । पार्टी एकतापश्चात् दोस्रो पटक बसेको कार्यसम्पादन समितिको बैठकले महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको समिति सदस्य भुवन पाठकले जानकारी दिनुभयो ।
बैठकले महाधिवेशनका लागि तीन लाख सक्रिय सदस्य संख्या पुर्याउने निर्णय गरेको छ । यस्तै हिन्दु राज्य र राजसंस्था पुनः स्थापनाका लागि देशभर संघर्षको कार्यक्रम बैठकले सार्वजनिक गरेको पाठकले जानकारी दिनुभयो । पार्टीले पुस ११ गते काठमाडौंमा प्रदर्शन गर्ने तयारी गरेको छ ।
यस्तै १२ गते देशभरका प्रमुख जिल्ला अधिकारीमार्फत हिन्दु राज्य र राजसंस्थाको माग गर्दै ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । यस्तै १७ गते काठमाडौंमा वृहत्त शक्ति प्रदर्शन गर्ने राप्रपाले निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्