
काठमाडौं । युरोपेली युनियन (इयू) ले बेलायतमा यात्रामा प्रतिवन्ध लगाउने निर्णय फिर्ता लिन आफू मातहतका राष्ट्रहरुलाई आग्रह गरेको छ ।
बेलायतमा कोरोना भाइरसको नयाँ संक्रमण फैलिएसँगै विभिन्न राष्ट्रहरुले बेलायतमा यात्रामा प्रतिवन्ध लगाएका थिए ।
इयूले युनियनमा आवद्ध देशहरुलाई कोरोना भाइरसको नयाँ प्रकारलाई लिएर बेलायतसँगको यात्रामा उनीहरूले लगाएको प्रतिबन्ध हटाउन सिफारिस गरेको हो ।
ईयूका २७ सदस्य राष्ट्रका राजदूतहरूको बैठकअघि आयोगले यात्रा प्रतिबन्ध लगाउने निर्णय फिर्ता लिन आग्रह गरेको हो ।
इयूको यो निर्णय सदस्य राष्ट्रहरूले मान्नैपर्ने बाध्यता चाहिँ नरहेको बताइएको छ । सीमा नियन्त्रणसम्बन्धी आ–आफ्ना नीति अपनाउन स्वतन्त्र भएकाले सदस्य राष्ट्रहरूले आफ्नो कदमलाई निरन्तरता दिन सक्ने बताइएको छ ।
अघिल्लो हप्ता मात्र फ्रान्सले बेलायतसँग जोडिएका सिमाना बन्द गर्दा दुई देशबीच सामान ओसारपसार गर्ने हजारौँ लरीहरूअलपत्र परेका समाचार सार्वजनिक भएको थियो ।
युनियनमा आवद्ध २७ सदस्य राष्ट्रले बेलायतमा हुने यात्रामा प्रतिबन्ध लगाएका छन् ।एजेन्सी
प्रतिक्रिया दिनुहोस्