१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ओली पक्षको सातै प्रदेशमा बृहत भेला, केन्द्रीय नेताले सम्बोधन गर्ने


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली पक्षले आज सातै प्रदेशमा भेला गर्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको केन्द्रीय कमिटी बैठकले आज सातै प्रदेशमा वृहत भेला गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले दुई दिनभित्रै सबै प्रदेशमा भेला गर्ने निर्णय गरेको थियो ।

प्रदेशस्तरीय भेलामा केन्द्रीयस्तरका नेताहरुको सहभागिता रहने बताईएको छ । वाग्मतीमा हुने भेलाको संयोजन गर्ने जिम्मा आनन्द पोखरेललाई दिइएको छ ।

गण्डकीमा टोपबहादुर रायमाझी खटिनुहुनेछ । यसैगरी लुम्बिनी प्रदेशमा हुने भेलाको समन्वय खिमलाल भट्टराईले गर्नुहुने छ ।

भेलाका लागि सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रवक्ता प्रदीप ज्ञवाली र कर्ण थापालाई खटाइने निर्णय गरेको छ ।

त्यसैगरी कर्णाली प्रदेशमा शंकर पोखरेल, यमलाल कँडेललगायत नेताहरु खट्नुहुनेछ भने प्रदेश २ को संयोजन सुमन प्याकुरेलले गर्नुहुनेछ ।