
सर्लाही । सर्लाहीको अन्नपूर्ण चिनी उद्योगले उखु किसानको भुक्तानि दिन सुरु गरेको छ ।
तीन-चार वर्षअघि नै खरिद गरेको उखुको भुक्तानी नदिएको उद्योगले किसानको खातामा पैसा पठाउन थालेको हो ।
उद्योगले आइतबार ८० लाख र सोमबार एक करोड एक लाख रुपैयाँ किसानको खातामा पठाएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभएको छ ।
सञ्चालक राकेश अग्रवालविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उद्योगले किसानको बक्यौता रकम भुक्तानी गर्न सुरु गरेको हो ।
उद्योगले किसानलाई १७ करोडको हाराहारीमा भुक्तानी दिन बाँकी रहेको छ । यस वर्ष उखु काट्ने बेला भइसकेपनि गत वर्षकै पैसा नपाएपछि किसान आन्दोलनका लागि काठमाडौंमा आएका छन् ।
प्रतिक्रिया दिनुहोस्