
काठमाडौं । कोरोना भाइरसको संक्रमण पुनः देखिएपछि भुटानमा लकडाउन घोषणा गरिएको छ ।
भुटानका प्रधानमन्त्री लोते शेरिङले आजदेखि लागु हुने गरी एक साताका लागि देशमा लकडाउन लागु गरिएको घोषणा गर्नुभयो ।
लकडाउनको समयमा भुटानमा एक शहरबाट अर्को शहरको प्रवेशमा पनि रोक लगाइएको छ ।
भुटानको राजधानी थिम्पुमा पाँच जना कोरोना संक्रमित फेला परेपछि लकडाउन घोषणा गरिएको हो ।
लकडाउनको अवधिमा अनिवार्य रुपमा मास्क लगाउन, एकै ठाउँमा पाँच जना भन्दा बढी भेला हुन पाइने छैन ।
भुटानमा हालसम्म ४ सय ७९ जना कोरोना संक्रमित फेला परेका छन् भने कसैको पनि कोरानाका कारण मृत्यु भएको छैन । एजेन्सी
प्रतिक्रिया दिनुहोस्