
काठमाडौं, साउन २८ । एनसेलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत् धुलिखेल हस्पिटल–काठमाडौं युनिर्भसिटी हस्पिटलसँग टेलिमेडिसिन र हेल्थइन्फर्मेटिक्स् कार्यक्रम सन्चालन गर्नका लागि सम्झौता गरेको छ ।
प्रविधि तथा तथ्यांकमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाइ ग्रामीण, दूरदराजका सेवाबाट वन्चित समुदायहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने यस कार्यक्रमको उद्देश्य रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्