
काठमाडौं । पार्टीमा विवाद चर्किरहेका बेला कुनै पनि पक्षमा नगइ मध्यमार्गी अवस्थामा रहेको गृहमन्त्री समेत रहेका नेकपा सचिवालय सदस्य रामबहादुर थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ ।
बुधबार बिहान करिब ११ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेर थापाले ओलीसँग भेट गर्नुभएको उहाँका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिनुभयो । भट्टराईका अनुसार भेटमा पार्टीको पछिल्लो घटनाक्रम र समसामयिक राजनीतिकाे विषयमा छलफल हुनेछ ।
दुवै पक्षको मंगलबार बसेको केन्द्रीय कमिटी बैठकमा नजानुभएका थापालाई अहिले दुवैपक्षबाट फकाउने क्रम जारी छ । उहाँसँग मंगलबार बिहान मात्र पार्टी अध्यक्ष पुष्पकमल दाहालले निवासमै पुगेर भेट गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्