२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नेकपा संसदीय दलकाे नेतामा दाहाल


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल पक्षको संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ ।

नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा भएको बैठकले केपी ओलीलाई हटाएर प्रचण्डलाई दलको नयाँ नेता बनाउने निर्णय गरेको हो ।

दाहाललाई दलको नेता बनाउन मंगलबार मात्र अध्यक्ष्यमा चुनिएका माधवकुमार नेपालले प्रस्ताव गनुभएको थियो । उहाँको प्रस्तावलाई बैठकले बैठकले अनुमोदन गरेको हो ।

यसअघि हिजो बसेको दाहाल–नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले ओलीलाई नेकपाको अध्यक्षबाट समेत हटाएको थियो ।