
काठमाडौं । इथियोपियामा बन्दुकधारीको आक्रमणबाट एक सय जनाभन्दा बढीको मृत्यु भएको छ ।
इथियोपियाको पश्चिमी बेनिशांगुल गुमुज क्षेत्रमा बन्दुकधारीहरुको आक्रमणबाट एक सय जना भन्दा बढीको मृत्यु भएको मानवअधिकार आयोगले जनाएको छ ।
सो आक्रमण विद्रोहीहरुको पकड रहेको मेटेकल जोनको बुलेन काउन्टीको बेकोजी गाउँमा भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
धेरै जातीय समूहहरुको बसोबास रहेको उक्त स्थानमा लामो समयदेखि जातीय हिंसा हुँदै आएको छ ।
अफ्रिकाको बढी जनासंख्या भएको मध्ये दोस्रो स्थानमा रहेको इथियोपियामा सन् २०१८ मा अबि अहमद प्रधानमन्त्रीमा नियुक्त भएसँगै विद्रोहीले आक्रमणर्लाइ तीव्र पारेका छन् ।
सरकारले सुशासनका लागि काम गर्न नसकेको भन्दै विद्रोहीहरुले सरकार विरुद्धको आन्दोलनका क्रममा सर्वसाधारणको हत्या गर्न थालेको बताइएको छ ।
सरकारले आगामी वर्ष हुने निर्वाचनको तयारीका लागि शासकीय सुधारका काम गरिरहेको बताएपनि विद्रोहीले आन्दोलन बढाएका हुन् ।
देशका विभिन्न भागमा सशस्त्र विद्रोह गरिरहेको उक्त समूहले केही साताअघि मात्र टिग्र क्षेत्रमा रहेको समूहलाई २४ घण्टाभित्र युद्धविरा मगर्न सरकारले अल्टिमेटम दिएको थियो ।
तर विद्रोहीले आफ्ना हिंसात्मक गतिविधि बढाएपछि सर्वसाधारण हिंसाको शिकार बनेका छन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्