१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ब्रेक्जिटबारे नयाँ सहमतिको प्रयास जारी रहेको बेलायतका प्रधानमन्त्री जोनसनको भनाइ


0
Shares

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्जिट सम्झौता टुंगोमा पुग्न लागेको बताउनभुएको छ ।

युरोपियन युनियन (ईयू)का अध्यक्ष उर्सुला भोन डेर ल्येनसँग पछिल्लो पटक भएको वार्ताको प्रगतीबारे मन्त्रिपरिषदलाई जानकारी गराउँदै प्रधानमन्त्री जोनसनले पछिल्लो समय ईयूसँग भएको वार्ताको बारेमा जानकारी गराउनुभएको हो ।

बेलायत र ईयूबीच समुद्रमा माछा मार्ने अधिकार र व्यापारिक प्रतिष्पर्धाका नियमहरुका बारेमा महिनौदेखि छलफल भएपनि ठोष प्रगती हुन सकेको छैन ।

बीबीसीका राजनीतिक सम्पादक लौरा कुएन्सबर्गले भने ब्रेक्जिट सम्झौता सहमतिको नजिक आएको बताउनुभएको छ ।

दुवै पक्षले यही डिसेम्बर ३१ सम्ममा ब्रेक्जिटबारे निर्णय गरिसक्नुपर्ने समयसीमा तोकिएको छ ।

ब्रेक्जिटबारे नयाँ सहमति नभए जनवरी १ देखि एक अर्का देशका सामानमा अतिरिक्त कल लाग्ने विश्व व्यापार संगठनले यसअघि नै बताइसकेको छ ।

क्रिसमसको वार्तामा दुवै पक्षबीच सहमति हुनसक्ने बताइएको छ । बेलायतले गत जनवरीमा ब्रेक्जिटबाट बाहिरिएको घोषणा गरेको थियो ।

तर ब्रेक्जिट सम्झौता आवश्यक रहेको भन्दै ११ महिना नबित्दै बेलायतले थप परिमार्जनसहित ब्रेक्जिटमा सहमति गर्ने भन्दै छलफललाई तीव्र पारेको छ ।

बेलायतले माछा माने अधिकारको हालको कोटा बढाउन माग गर्दै आएको छ । एजेन्सी