
काठमाडौं । सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्ड ‘हुवावे आइसिटी अवार्ड–२०२०’को ग्राण्ड फिनाले शनिबार हुने भएको छ ।
‘आइसिटी अवार्ड–२०२०’ आयोजक समितिले बिहीबार पत्रकार सम्मेलन अवार्डको पाँचौं संस्करणको ग्राण्ड फिनाले शनिबार होटल सोल्टीमा आयोजना हुने भएको जानकारी दिएको हो ।
कार्यक्रममा यस वर्षदेखि विभिन्न ११ विधामा अवार्ड प्रदान गरिने छ । यसअघि १० विधामा अवार्ड दिँदै आएको आयोजक लिभिङ विथ आइसिटीले यस वर्ष ‘जुरी मेन्सन आइसिटी अवार्ड २०२०’ विधामा पनि अवार्ड प्रदान गर्ने आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताउनुभयो ।
‘हुवावे आइसिटी अवार्ड २०२०’ मा स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड र एनसेल इन्नोभेसन आइसिटी अवार्डका विधाहरू रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्