१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


आइपीएलमा दुई टीम थपिने


0
Shares

काठमाडौं । विश्वकै चर्चित फ्रेन्चाईज क्रिकेट प्रतियोगिता इण्डीयन प्रिमियर लिग (आईपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटमा सन् २०२२ देखि १० टिम सहभागि हुने भएका छन् ।

भारतीय क्रिकेट बोर्डको हिजो बसेको बैठकले आईपिएलमा दुई टोली थप्ने निर्णय गरेको हो । आईपिएलमा सुरुवातदेखि नैं ८ टोली सहभागि हुँदै आएका थिए ।

भारतको अहमदावादमा हिजो भएको बार्षिक साधारण सभाले २०२१ मा साविकका ८ टिमलाई खेलाएर २०२२ देखि दुई टोली थप्ने सहमति जुटाएको हो ।

अब आईपिएलमा दुई नयाँ शहरले ठाउँ पाउने भएका छन् । थपिने टोलीहरु अहमदाबाद, लखनउ, कोची, बिशाखापट्नम वा राजकोटमध्ये कुनै हुनसक्ने अनुमान गरिएको छ ।

यसैबिच, बैठकले भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)को उपाध्यक्षमा राजिब शुक्लालाई निर्विरोध चयन गरेको छ । कांग्रेस आईका नेता शुक्ला महाराष्ट्रबाट राज्यसभा सदस्य समेत बन्नुभएको थियो ।

उहाँ यसअघि पनि बिसिसिआइको उपाध्यक्ष तथा आईपिएलको अध्यक्ष बन्नुभएको थियो । एजेन्सी