१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संसद विघटनविरुद्ध दाहाल–नेपाल पक्ष सडकमा


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध अहिले काठमाडौंको माइती घरमा सरकार विरुद्ध प्रदर्शन सुरु गरेको छ ।

सहभागीहरुले ‘हामी यहाँ छौं’ ‘हामी जिउँदैं छौं’ लगायत लेखिएका प्लेकार्डहरु बोकेका छन् ।

आज नै त्यहाँबाट निर्वाचन आयोग गएर २ बजे पत्रकार सम्मेलन गर्ने प्रवक्ता नाराायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपामा ओली पक्ष र दाहाल-नेपाल पक्षले छुट्टा छुट्टै भेला ,बैठक गर्दै आएका छन् ।

विरोध प्रदर्शनका लागि दाहाल–नेपाल पक्षले नारायणकाजी श्रेष्ठको नेतृत्वमा २५०१ सदस्यीय संघर्ष समिति पनि गठन गरेको छ ।