
काठमाडौं । नेकपाका दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रलाई धरापमा पारेको आरोप लगाउनुभएको छ । काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले संविधान विपरित प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री ओलीले लोकतन्त्रको हत्या गरेको जिकिर गर्नुभयो ।
गणतन्त्र असम्भव छ भन्ने प्रधानमन्त्रीले गणतन्त्र धरापमा पार्ने काम गरेको उहाँको टिप्पणी छ । संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर असंवैधानिक र निरंकुशता झल्कने प्रष्ट संकेत साथ प्रतिनिधिसभा विघटन गरिएको अध्यक्ष प्रचण्डले बताउनुभयो । उहाँले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन असंवैधानिक छ भन्ने फैसला गर्ने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको कदमविरूद्ध प्रदर्शन गरेको बताउँदै अझै शसक्त आन्दोलनमा जानुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले नेपाली कांग्रेस र जसपासँग पनि सहकार्य गरी संयुक्त रूपमा आन्दोलनमा जाने उद्घोष गर्नुभयो । एक सय जना केन्द्रीय सदस्य भेला गरेर ११ सय भइयो भन्दै ओली पक्षले अनैतिक र लज्जास्पद काम गरेको अध्यक्ष दाहालको टिप्पणी छ ।
प्रतिक्रिया दिनुहोस्