
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बहुमत प्राप्त सरकारलाई आफ्नै पार्टी तथा केही नेताहरुले काम गर्न अवरोध पुर्याएपछि बाध्य भएर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्नुपरेको बताउनुभएको छ ।
ओली निकट गण्डकी स्तरीय युवा भेलालाई सम्वोधन गदै उहाँले आफ्नै पार्टीका केही नेताले काम गर्न नदिएर सरकारलाई नै घेराबन्दीमा पारिएको बताउनुभयो ।
प्रधानमन्त्रीले संसद विघटन बाध्य भएर गरेको भन्दै मुख्यमन्त्री गुरुङले प्रतिनिधि सभा विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गर्नु अलोकतान्त्रिक नभएको दाबी गर्नुभयो । नेकपाको प्रचण्ड–नेपाल आफुहरु आधिकारिक पार्टी भन्दै भ्रम फैलाइरहेको उहाँको आरोप थियो ।
प्रतिक्रिया दिनुहोस्