१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राज्यमन्त्री मानन्धरका विश्व किर्तिमान


13
Shares

काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड बनाउनुभएको छ ।

शुक्रबार दिउँसो सवा एक बजेदेखि गाउन शुरु गर्नुभएका मन्त्री मानन्धरले लगातार ४ घन्टा ५ मिनेट २० सेकेन्ड सम्म गीत गाएर विश्व रेकर्ड बनाउनुभएको हो । यस अघि विश्वमा मन्त्री पदमा रहेर लगातार गीत गाएको किर्तीमान बनेको थिएन । किर्तीमान बनाउने क्रममा मन्त्री मानन्धरले ५९ वटा गीत गाउनु भएको थियो ।

बालाजुस्थित अष्टनारायण चलचित्र हलमा एक विशेष कार्यक्रमबीच मन्त्री मानन्धरले विश्व रेकर्डका लागि गीत गाउनु भएको थियो । राज्यमन्त्री मानन्धरले वर्ल्ड बुक अफ रेकर्ड युकेमा बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम भएको छ ।

कार्यक्रममा मन्त्री मानन्धरले केही राष्ट्रिय गीत, आधुनिक गीत र नेवारी गीतहरु गाउनुभएको थियो । नारायण गोपाल, भक्तराज आचार्य, प्रेमध्वज प्रधान, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, तारा देवी, अरुणा लामालगायतले गाएको गीतको ट्रयाकमा गाउनुभएको थियो ।

यो विधामा आयोजना गरिएको कार्यक्रम विश्वको पहिलो भएकोले वर्ल्ड बुक अफ रेकर्डमा पहिलोपटक राज्यमन्त्री मानन्धरको नाम लेखिएको छ ।