२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसमा एकै मत- देउवा


0
Shares

congress sher bahadur deuba

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले संविधानमा भएको व्यवस्था प्रतिकुल र जनभावना विपरितको प्रतिनिभि सभा विघटनविरुद्ध कांग्रेस सम्पूर्ण रूपले एकमत साथ उभिएको स्पष्ट पार्नुभएको छ । आफूमाथि प्रधानमन्त्री केपी शर्मा ओलीसँग साँठगाठ गरेको आरोप लागिरहेका बेला सभापति देउवाले यसको प्रस्ट पार्दै विज्ञप्ति जारी गर्नुभएकाे हाे ।

शनिबार एक विज्ञप्ति जारी गरि उहाँले अहिले कांग्रेसको सम्पूर्ण ध्यान असंवैधानिक कदमविरुद्ध केन्द्रित रहेको भन्दै सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध ऐक्यबद्धता प्रकट गर्न सबैमा अपिल गर्नुभएको छ । विज्ञप्तिमा विघटनकै दिन आफूले पार्टीका वर्तमान र पूर्वपदाधिकारीहरूको बैठक आयोजना गरेर बैठक मार्फत संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको उल्लेख छ ।

विज्ञप्तिमा देउवाले प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमविरुद्ध पुस १३ गते कांग्रेसले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा गर्न लागेको विरोध प्रर्दशनमा सहभागी हुन सबैलाई अपिल गर्नुभएको छ । नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकले सभापति देउवाकै प्रस्तावमा १३ गते सम्पूर्ण निर्वाचन क्षेत्रमा संसद विघटनविरुद्ध प्रर्दशन गर्ने निर्णय गरेको थियो ।