१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


३२ संगठनद्वारा प्रतिनिधि सभा विघटनको विरोध


65
Shares

काठमाडौं । विभिन्न सामाजिक तथा नागरिक संघ–संस्था र नागरिक समाजका अगुवाहरुले प्रतिनिधि सभा विघटनको विरोध गरेका छन् ।

शनिबार संयुक्त विज्ञप्ति जारी गरेर विभिन्न ३२ वटा संघसंस्थाले सत्तारुढ दलको आन्तरिक कलह र शक्ति संघर्षको सिकार संसदलाई बनाइनु न्यायोचित नहुने जनाएका छन् । विज्ञप्तिमा असंवैधानिक रूपमा संसद विघटन हुनु लोकतन्त्रको मूल्य, मान्यता र सिद्धान्तविपरित भएको भन्दै संविधानमाथिको हस्तक्षेप स्वीकार्य नहुने उल्लेख छ ।

प्रतिनिधि सभा विघटनपछि आमनागरिक र दलहरुबीच दूरी बढ्न गइ राजनीतिक अस्थिरता आउनसक्ने जोखिम रहेको भन्दै तत्काल दलहरुबीच सार्थक वार्ता गर्नुका साथै संविधानको जगमा अभिएर निकास खोज्न आग्रह गरिएको छ ।

ईन्हुरेड इन्टरनेशनल, राष्ट्रिय मानवअधिकार प्रतिष्ठान, कपिल श्रेष्ठ, चरण प्रसाई सूचनाको हकका लागि नागरिक अभियान, फ्रिडम फोरम, प्रोफेसर डा. ताराप्रसाद सापकोटा र आयोन नेपाल लगायतका संघसंस्था तथा नागरिक समाजले विज्ञप्ति जारी जारी गरेको हो ।