
काठमाडौं । नुवाकोटमा झिल्टुङ्ग क्रसकन्ट्री दौडको पाँचौ संस्करण माघको दोस्रो साता आयोजना हुने भएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ५ कोल्पुटारबाट शुरु भएर दौड बेलिनी, छाप, राजओडार, खड्गाछाप, सालचौर हुँदै पुन कोल्पुटारमा आएर समापन हुने छ ।
प्रतियोगिताको पुरुष तथा महिला विजेतालाई १५ हजार, दोस्रोलाई १० हजार र तेस्रो हुनेलाई समान ५ हजार रुपैयाँ प्रदान गरिनेछ । स्थानीय बेलकोटगढी नगरपालिका भित्रका पुरुष धावकबाट प्रथम, दोस्रो र तृतीय हुनेलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ । यस्तै, १३ दशमलव ४ किलोमिटर दुरीमा विगतको पुरुष रेकर्ड ५४ मिनेट ८ दशमलव ३ सेकेन्ड र महिलातर्फ पुष्पा भण्डारीको १ घण्टा ०६ मिनेट ४३ सकेण्डको रेकर्ड तोड्ने प्रतियोगीलाई थप ५ हजार रुपैयाँ दिइनेछ ।
दौडमा १३ दशमलव ४ किलोमिटर कच्ची बाटो हुनेछ आयोजकले जनाएको छ । जसमा ४ दशमलव ५ किलोमिटर उकालो, २ किलोमिटर समथर र बाँकी बाटो ओरालो हुनेछ । गत वर्ष जस्तै छात्र, छात्रालाई केन्द्रित गरेर ४ दशमलव ५ किलोमिटर खुल्ला दौड प्रतियोगिता समेत समावेश गरिएको छ ।
खुल्ला दौडमा पहिलो हुने छात्र तथा छात्रालाई समान ५ हजार, दोस्रो हुनेलाई ३ हजार र तेस्रो हुनेलाई २ हजार रुपैयाँ प्रदान गरिनेछ । दौडमा पहिलो, दोस्रो र तेस्रो हुने स्थानीय विद्यालयका छात्र, छात्रा दुवैलाई समान ५ हजार, ३ हजार र २ हजार रुपैयाँ पुरस्कारको ब्यवस्था गरिएको छ । स्थानीय महिलाको दौडमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई समान १० हजार, ६ हजार र ४ हजार रुपैयाँको व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्