८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


इरानमा हिमपहिरो र हिमआँधीमा परेर कम्तिमा १० को मृत्यु, सात जना सम्पर्कविहिन


0
Shares

काठमाडौं । इरानमा हिमपहिरो र हिमआँधीमा परेर कम्तिमा १० जना पर्वतारोहीको मृत्यु भएको छ ।

इरानको प्रसिद्ध एल्ब्रुज पर्वतीय श्रृंखलामा हिजो आएको हिमपहिरो र आँधीमा परेर अन्य ७ जना हराईरहेका छन् ।

राजधानी तेहरान नजिकको मनोरम यो हिमश्रृंखला पर्यटकीय दृष्टीले निकै आकर्षक मानिन्छ । स्की खेल्न र पर्वतीय यात्राको लागि गएकाहरु आँधीमा फसेका थिए ।

स्थानीय एउटा रिसोर्टको केबलकार चुँडिएपछि अलपत्र परेकाहरुलाई रेडक्रसको सहयोगमा उद्धार गरिएको थियो ।

मृत्यु हुनेमा चिकित्सक, राजनितिक विश्लेषक, चिकित्सक र पर्वातारोहण गाईड रहेका छन् । हराइरहेकाहरुलाई जिवितै भेटिने संभावना कम रहेको सुरक्षाकर्मीहरुले बताएका छन् ।

रातीको समयमा उद्धार बन्द गरि आज बिहानबाट फेरी सुरु गरिएको छ । एजेन्सी