
काठमाडौं । जापानमा पनि नयाँ प्रकारको कोरोना भाइरस देखिन थालेपछी यसको नियन्त्रणका लागि आफ्नो देशमा विदेशीहरुलाई आउन प्रतिबन्ध लगाउने भएको छ ।
बेलायतमा भेटिएको नयाँ खाले कोरोना भाइरस सात जनामा देखिएपछि त्यहाँको सरकारले भोलिबाट लागू हुने गरी केही समयका लागि प्रतिवन्ध लगाउने जनाएको छ ।
जापानले यसअघि पनि गत चैतमा ७० भन्दा बढी देशका नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको थियो ।
पछिल्लो प्रतिबन्ध जनवरी अन्त्यसम्म जारी रहने जापान सरकारले निर्णय गरेको छ ।
थाइल्यान्ड, भियतनाम, दक्षिण कोरिया र ताइवान लगायत १० देशका नागरिकहरुमाथि भने प्रतिबन्ध लगाइने छैन । यद्यपी नेपालीहरुका लागि भने जापान प्रवेशमा रोक लगाइएको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्