१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अतिरिक्त सुविधा र पैसा आर्जन गर्नु मेराे उद्देश्य हाेइन : मन्त्री ढकाल


0
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले सरकारमा रहेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्नु आफ्नो उद्देश्य नभएको बताउनुभएको छ ।

आइतबार मन्त्रालयमा कार्यभार ग्रहणपछि मन्त्री ढकालले स्वाभिमान र इमानलाई बन्धक राखेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्ने राजनीतिक उद्देश्य नराखेको जिकिर गर्नुभयो । उहाँले राज्यलाई दोहन गरेर के पाउँछु भन्दा पनि राज्यलाई समृद्ध बनाउनेतर्फ सबैले सोच्नुपर्ने बताउनुभयो । कर्मचारीलाई काम गर्न सहज वातावरण निर्माणमा आफूले सधैँ ध्यान दिने ढकालको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि योगेश भट्टराईले राजीनामा दिएपछि सो मन्त्रालय खाली रहेको थियो । शुक्रबार मन्त्रीमण्डल विस्तार र हेरफेर गर्ने क्रममा ढकाललाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको हो । उहाँले यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो ।