१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मन्त्रालयको काममा दबाव दिन्न : मन्त्री थापा


0
Shares

काठमाडौं । नवनियुक्त खानेपानी मन्त्री मणिचन्द्र थापाले मन्त्रालयको काममा आफ्नो तर्फबाट कुनै प्रकारको दबाब नहुने स्पष्ट पार्नुभएको छ ।

आइतबार मन्त्रालयमा कार्यभार सम्हाल्दै उहाँले आपसी सहकार्य र अन्तर्क्रियाबाट समस्या समाधान गनुपर्ने जोड दिँदै आफ्नो तर्फबाट दबाव नहुने बताउनुभएको हो । मन्त्री थापाले देशका ७७ वटै जिल्लामा खानेपानी तथा सरसफाइको अवस्था अध्ययन गर्ने निर्णयमा हस्ताक्षर गरेर मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको छ ।

मन्त्री थापाले समृद्धिका लागि देशलाई स्थिरतातर्फ लैजान कोसिस गर्ने बताउनुभएको छ । स्थिरता र समृद्धिको बाहकको रूपमा स्थायी सरकार बनाउन जरुरी रहेको उल्लेख गर्दै उहाँले समृद्धिका लागि देशमा राजनीतिक स्थायित्व आवश्यक रहेको बताउनुभयो ।