१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चीनमा चक्कु प्रहारबाट ७ जनाको मृत्यु


0
Shares

काठमाडौं । चीनको लियाउनिङ प्रान्तमा एक ब्यक्तिको चक्कु प्रहारबाट ७ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् ।

लियाउनिङ प्रान्तको काइयुआन शहरको एक विद्यालय बाहिर अज्ञात व्यक्तिले चक्कु प्रहार गरेका हुन् । मृत्यु हुनेमा अधिकांश महिला रहेका छन् ।

मानसिक रोगीले बदला लिन चक्कु प्रहार गरेको हुन सक्ने बताइएको छ । घटनामा संलग्नलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ ।

घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकका संख्या बढ्न सक्ने अनुमान गरिएको छ । एजेन्सी