१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चिनियाँ विशेष टोली र नेपालबीच बानेश्वरमा भेटवार्ता


0
Shares

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको गुओ येचौ नेतृत्वको चार सदस्यीय टोलीले नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपाललाई भेटेको छ ।

बानेश्वरको एभरेष्ट होटलमा नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री येचौ नेतृत्वको टोलीबीच भेटवार्ता हो ।

यसअघि चिनियाँ टोलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेको थियो । दाहाललाई भेटेपछि नेपाललाई भेट्न चिनियाँ टोली बानेश्वर पुगेको हो ।

आइतबार काठमाडौं आएको चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेको छ ।

टोलीले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा( बाबुराम भट्टराई र काँग्रेसका केही नेतालाई भेट्ने कार्यक्रम छ ।