
तस्विर फाइल
काठमाडौं । आज प्रदेश १ का केही स्थानमा आंशिक बदली भएपनि बाँकी भागको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तराईका केही स्थानमा विहानीपख लागेको हुस्सु/कुहिरो मध्यान्ह पछि क्रमिक रुपमा सुधार हुँदै जाने महाशाखाले बताएको छ । काठमाडौं उपत्यकाको मौसम पनि सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम १ दशमलव १ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने छ । आज बिहान सूर्योदय ६ बजेर ५४ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर १८ मिनेटमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्