१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सडकबाट सरकारलाई तह लगाउने जोशीको उद्घोष


0
Shares

काठमाडौं । पूर्व मन्त्री एवं नेपाली कांग्रेसका केन्दीय सदस्य नविन्द्रराज जोशीले बालुवाटारभित्र बसेर लोकतन्त्रको चीरहरणमा मस्त रहेको सरकारलाई सडकबाटै ठेगान लगाउने चेतावनी दिनु भएको छ । राजधानीको बसन्तपुरमा भएको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै जोशीले यस्तो बताउनु भएको हो ।

“कोरोना महामारी नियन्त्रणमा नआउँदै सडकमा आउन बाध्य भयौँ,” जोशीले भन्नुभयो, “सरकार संसदबाट भाग्यो, संसद विघटन गरेर संविधानमाथि बलमिच्याइ गर्यो। बालुवाटारभित्र बसेर षडयन्त्र गरेको सरकारलाई ठेगानमा ल्याउन सडकमा आएका हौँ । अब फर्केर यसै जाँदैनौं ,हेक्का रहोस् ।

उहाँले सरकारलाई हावादारीको संज्ञा पनि दिनुभयो ।“मुखले भ्रष्टाचार गर्दिन भन्छ, भ्रष्टाचार सहन्न पनि भन्छ । तर, वाइडबडी जहाज खर्लप्पै खान्छ,” जोशीले भन्नुभयो “सेक्युरिटी प्रेस खर्लप्पै खान्छ ।” त्यसैले वर्तमान सरकार विरुद्ध अव कांग्रेस सडकबाटै अगाडि बढ्छ । जनतालाई ऋणको भारी बोकाउँदै ,आफु यति र ओम्नीको भारी बोक्ने सरकार जनताको सरकार नभइ गिरोहको सरकार रहेको जोशीको आरोप।

उहाँले सबैको आँखा सर्वोच्चतिर रहेकोले न्यायमूर्तिले संविधान र कानून अनुसार फैसला सुनाउनेमा विश्वस्त रहेको समेत बताउनुभयो ।