७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


अमेरिकी सुरक्षा अंगहरुमा ट्रम्प प्रशासनका कारण गम्भीर धक्काः जो बाइडेन


0
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनले अमेरिकी सुरक्षा अंगहरुमा ट्रम्प प्रशासनका कारण गम्भीर धक्का लागेको बताउनुभएको छ । रााष्ट्रिय सुरक्षा तथा परराष्ट्र नीतिका सल्लाहकारहरुको ब्रिफिङको क्रममा बाइडेन ट्रम्पमाथि खनिनुभएको हो ।

सत्ता हस्तान्तरण प्रक्रियामा आफुले पाउनुपर्ने यथेष्ठ जानकारी र दैनिक सुरक्षा ब्रिफिङमा पनि समस्या भएको बाइडेनको भनाई छ । ट्रम्प प्रसाशनले सुरक्षा अंगहरुमा गरेका नियुक्ती तथा बर्खास्तीले राष्ट्रिय सुरक्षा सन्तुलन र प्रणालीमै गम्भिर असर पुगेको बाइडेनको बुझाई छ ।

तर कार्यवाहक रक्षा मन्त्री क्रिष्टोफर मिलरले बाइडेनको अन्तरिम टिमलाई सहयोग गर्नका लागि काम गरिरहेको स्पष्ट पार्नुभएको छ । एजेन्सी