
काठमाडौं । प्रतिनिधिसभा विघटनको विरुद्धमा नेकपाको दाहाल–नेपाल समूहले बुधबार पनि संघर्षलाई निरन्तरता दिने भएको छ ।
समूहले बिहान ११ बजे अखिल नेपाल महिला संघको वृहत भेला गर्दैछ । केन्द्रीय कार्यालय पेरिसडाँडामा हुने भेलालाई पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने नेता योगेश भट्टराईले जानकारी दिनुभयो ।
त्यसैगरी १२ बजे उपत्यकतामा उपलब्ध स्थायी कमिटीका सदस्यहरूको छलफल हुँदैछ । पेरिसडाँडामा चल्ने छलफलले भावी आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने नेता भट्टराईले जानकारी दिनुभयो ।
मंगलबार दाहाल–नेपाल समूहको नेकपाले देशभर प्रदर्शन गरेको थियो । राजधानीमा भएको प्रदर्शनलाई पार्टीका शिर्ष नेताहरूले सम्बोधन गरेका थिए । नेताहरूले प्रधानमन्त्री केपी ओलीको खुलेर आलोचना गर्दै प्रतिनिधि सभा विघटनलाई उल्ट्याउने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्