
भक्तपुर, साउन ५ । भक्तपुरका मानन्धर समुदायले ब्रम्हायणी क्षेत्रमा बौद्धधर्मअनुरुपको चैत्य बनाउने भएका छन् ।
मौलिक बज्रयानी बौद्धधर्मको विधिअनुरुप चैत्य बनाउने ठाउँमा गर्भपूजा गरिएको छ ।
गएको वर्ष गुंला पर्वमा बनाइएका माटाका स–साना चैत्यहरुलाई संकलन गरी ढुंगाबाट निर्मित ठूलो आकारको चैत्य बनाउने ठाउँमा चढाएको छ ।
चैत्य बनाउनका लागि साढे सात लाख रुपैयाँको बजेट विनियोजन गरिएको गुंला धलं व्यवस्थापन समितिका सदस्य रामकृष्ण मानन्धरले जानकारी दिए ।
भक्तपुर नगरपालिकाको वडा नम्बर–५ स्थित साःकोलान टोलबासीहरुको अगुवाइमा चैत्य निर्माणकार्य अघि बढाएको हो ।
धर्मप्रति आस्थावान उपासक र उपासिकाहरुको आर्थिक सहयोगमा व्यवस्थापन समितिले चैत्य बनाउने काम गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्