७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


‘ओलीको कदमले देश संकटतर्फ, अदालतलाई दबाब दिइन्न’


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमले देशलाई संकटमा धकेलेको आरोप लगाउनुभएको छ । राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा गरिएको भर्चुअल संवादमा उहाँले प्रतिनिधिसभा विघटन गरेर ओलीले स्थिरतातर्फ लम्कँदै गरेको देशलाई संकटमा धकेलेको बताउनुभयो ।

सभापति देउवाले जनताको लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुने बेला ओलीले असंंवैधानिक कदम चालेकाले कांग्रेसले देशव्यापी विरोध गरेको उल्लेख गर्नुभयो । यसबारेको मुद्दा अदालतमा भएकाले दबाब नदिइए उहाँको तर्क छ ।

देउवाले कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले सर्वोच्चलाई स्वतन्त्र रूपमा निर्णय गर्न वातावरण बनाइरहेको बताउनुभयो । सर्वोच्चले डर, त्रासमा नपरी स्वतन्त्र रूपमा निर्णय गर्ने वातावरण बनोस् भनेर कांग्रेसले आन्दोलन रोकेर फैसला कुरिरहेको देउवाको भनाइ छ ।

सभापति देउवाले अहिलेको परिस्थितिमा बीपी कोइरालाले सुरु गरेको राष्ट्रिय मेलमिलाप नीतिको सान्दर्भिकता झनै बढेको बताउनुभयो । एकदलीयता कुनै हालतमा स्वीकार्य नहुने भन्दै उहाँले नेपालका कम्युनिष्टहरूले पनि लोकतन्त्र मानेर आफूहरुसँगै सहयात्रा गरेको तर्क राख्नुभयो ।