
फाइल तस्विर
काभ्रे । नेकपाका नेता एवं पूर्व मन्त्री गोकुलप्रसाद बाँस्कोटाले माधव कुमार नेपाललाई नक्कली जबज (जनताको बहुदलीय जनवाद)वादी भएको आरोप लगाउनुभएको छ ।
काभ्रेको धुलिखेलमा प्रेस संगठनमा आवद्ध पत्रकारहरूसँगको भेटमा उहाँले पुष्पकमल दाहाल ‘प्रचण्ड’ भन्दा तल बसेर जबजको रक्षा गर्न असम्भव रहेको टिप्पणी गर्नुभएको छ ।
नेता बाँस्कोटाले माधव कुमार नेपालले पदका लागि सिद्धान्त, विचार, जनताको विश्वास सबै भुलेर जोसँग जस्तोसुकै सम्बन्ध बनाउन पनि तयार भएको आरोप लगाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्