
काठमाडौं । सुदुपश्चिम प्रदेश प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकटेको सेमिफाइनलमा प्रवेश गरेको छ । दाङको लमहीमा बिहीबार भएको खेलमा सुदुरपश्चिमले बागमती प्रदेशलाई २८ रनले हराउँदै सेमिफाइनलमा पुगेको हो ।
स्पिनर कविता जोशीले ह्याट्रिक सहित पाँच विकेट लिएपछि सुदुरपश्चिमले बागमतीलाई सहज रूपमा हराउन सफल भयो । जितका लागि ७७ रनको विजयी लक्ष्य पछ्याएको बागमती निर्धारित ११ ओभरमा ९ विकेट गुमाउँदै ४८ रन मात्र बनाउन सक्यो ।
त्यसअघि ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ११ ओभरमा ४ विकेट गुमाउँदै ७६ रन बनाएको थियो । योसँगै समूह ‘बी’ बाट सेमिफाइनल प्रवेश गर्ने टिमको टुङ्गो लागेको छ । प्रदेश १ र सुदूरपश्चिम समूह ‘बी’ बाट सेमिफाइनलमा पुगेका छन ।
समूह ‘ए’ बाट एपिएफ विजेता र लुम्बिनी उप विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरी सकेका छन् । समुह बी को विजेता र उपविजेताको टुङ्गो बिहीबारै हुने दोस्रो खेलपछि लाग्नेछ । समुह बी को अर्को खेलमा अहिले प्रदेश १ र गण्डकी प्रदेश खेलिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्