
फाइल तस्वीर
धनकुटा । जिल्लामा हात्तीपाइले रोगविरुद्धको नमुना संकलन पुनः गरिने भएको छ ।
आठौंँ पटकसम्म हात्तीपाइले विरुद्धको औषधी खुवाइए पनि पूर्ण रूपमा निवारण नभएका कारण पुनः नमुना संकलन गर्न लागिएको हो ।
जिल्लाको डाँडाबजार र लेगुवामा तेस्रो पटक नमुना संकलन गर्नु पर्ने भएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसीप्रसाद गुरागाइँले जानकारी दिनुभयो ।
यी क्षेत्रमा हात्तीपाइले रोगका संक्रमितहरूको संख्या बढेको छ ।
प्रतिक्रिया दिनुहोस्