
काठमाडौं । कारोबार हुने साताको अन्तिम दिन शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । ५ अर्ब बढीको कारोबार भएको बिहीबार उतारचढावका बीच बजार परिसुचक नेप्से २५ अंकले उकालो लागेर २ हजार ८७ विन्दुमा थामिएको छ ।
कारोबार भएका अधिकाशं समूहमा सुधार आएसँगै नेप्सेमा पनि सुधार आएको हो । व्यापार समूहमा सबैभन्दा उच्च १ सय ८७ अंकको सुधार आँउदा जीवन बिमा समूह १ सय ७२ अंकले उकालो लाग्यो । अन्य, विकास बैंक र वाणिज्य बैंक समुह दोहोरो अंकले उकालो लाग्दा नीर्जिवन बिमा समूह ९६ अंकले ओरालो लाग्यो ।
बिहीबार ९२ कम्पनीको शेयर मूल्य बढ्दा ७१ कम्पनीको शेयर मुल्य घट्यो । यस दिन २ सय ७ कम्पनीको १ करोड १४ लाख कित्ता शेयर ५ अर्ब ७० करोडमा किनबेच भएको छ ।
प्रतिक्रिया दिनुहोस्