१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेसलाई मुख्यमन्त्री बनाएर सरकार बनाउने मुख्यमन्त्री राईको संकेत


0
Shares

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारका लागि नेपाली कांग्रेससँग सहकार्य गर्ने बताउनुभएको छ ।

बिहीबार ईमेज टेलिभिजनसँगको कुराकानीमा उहाँले आफूमाथि अविश्वासको प्रस्ताव पेश भएपछि त्यसको सामना गर्दै नयाँ सरकार निर्माणका लागि कांग्रेससँग सहकार्य गर्ने बताउनुएको हो ।

मुख्यमन्त्री राईले कांग्रेससँगको सहकार्य सँगै मुख्यमन्त्रीको विषयमा समेत छलफल हुने बताउनुभएको छ । मुख्यमन्त्री कांग्रेसले मागेको खण्डमा के हुन्छ ? भन्ने प्रश्नको जवाफमा मुख्यमन्त्री राईले ‘त्यो पनि छलफलको विषय हुन सक्ने’ बताउनुभएको हो ।

मुख्यमन्त्री राईसँगको विस्तृत कुराकानी बिहीबार साँझ आठ बजे कार्यक्रम हट सिटमा प्रसारण हुँदैछ ।