
काठमाडौं । नेपालको पानीको श्रोत संरक्षण गर्न नेपाल सरकारले अहिले नै ध्यान दिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । बिहीबार काठमाडौंमा भएको दक्षिण एशियाको जलश्रोत र नेपाल दृष्टि बारे अन्तरक्रियामा सहभागी वक्ताहरुले पानीको उपयोगको प्राथमिकता बताउँदै श्रोत संरक्षण गर्न आवश्यक भएको बताएका हुन् ।
नेपाल सरकारका पूर्वमुख्य सचिव लिलामणि पौडेलले नेपालको जलश्रोतलाई विद्युत उत्पादनमा मात्रै जोड दिनु भन्दा खानेपानी, सिँचाई लगायतको क्षेत्रमा उपयोग गर्नका लागि सबैभन्दा पहिला श्रोत सुनिश्चितता गर्नुपर्ने बताउनुभएको हो ।
अन्तरक्रियामा जलश्रोत विज्ञ दीपक ज्ञवालीले पानीको श्रोतमानै संरक्षण र व्यवस्थापन गर्न नसके नेपालले भविश्यमा ठूलो क्षति व्यहोर्नुपर्ने बताउनुभयो । नेपालले पानीको रणनैतिक श्रोतको व्यवस्थापन र उपयोग गर्न सके लाभ हुने उहाँको भनाइ छ ।
पानीको श्रोतलाई विद्युत उत्पादनसँग मात्रै जोडेर हेर्दा नेपालको श्रोत नै गुम्न सक्ने अवस्था आउनेमा सचेत हुनुपर्नेमा पनि विज्ञहरूले जोड दिएका छन् । पानीलाई विद्युत बाहेकका अन्य क्षेत्रमा समेत उपयोग गर्न सकेमा अधिकतम लाभ लिन सकिने पनि विज्ञहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्