१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दीपिका पादुकोणले किन हटाइन् ट्वीटर र इंस्टाग्रामबाट सबै पाेस्ट ?


0
Shares

एजेन्सी । सामाजिक सञ्जालमा सक्रिय बलिउड नायिका दीपिका पादुकोणले आफ्ना करोडौं फ्यानलाई चकित पार्ने गरी इंस्टाग्राम र ट्वीटरबाट सम्पूर्ण पोस्टहरू हटाएकी छन् । नयाँ वर्ष २०२१ लाग्दै गर्दा उनले आफ्नो सम्पूर्ण पोस्टहरू हटाएकी हुन् ।

दीपिकाले पोस्ट हटाएसँगै उनको ट्वीटर र इंस्टाग्राम खाता ह्याक भयो कि भन्ने अनुमान समेत गरिएको थियो । तर, उनले शुक्रबार दिउँसो ट्वीटरमा एक भिडियो पोस्ट गर्दै त्यो अनुमानलाई पनि खारेज गरिदिएकी छन् । उनले किन इंस्टाग्राम र ट्वीटरबाट पोस्ट हटाएकी हुन् भन्ने बारेमा अहिलेसम्म केही बोलेकी छैनन् ।

नयाँ फिल्मको तयारीमा व्यस्त दीपिकाले आफ्नो प्रोफाइल फोटो समेत परिवर्तन गरेकी छन् । कतिपयले यसलाई फिल्म प्रोमोशनको हिस्सा भएको हुनसक्ने बताइरहेका छन् । दीपिकाको इंस्टाग्राममा ५ करोड २५ लाख फलोअर्स छन् भने ट्वीटमा २ करोड २७ लाख फलोअर्स छन् ।