
सिन्धुपाल्चोक । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले जलवायु परिवर्तन र असरका विषयमा यस वर्ष पनि गुफाडाँडामा जलवायु दिवस मनाएको छ ।
मेलम्ची नगरपालिका वडा नं. ९ गुफा डाँडामा विगतका वर्षहरू जस्तै यस बर्ष पनि दोस्रो जलवायु दिवस तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको समन्वय समितिले जनाएको छ ।
पर्यटकीयस्थल गुफाडाँडामा सन् २०२० देखि नै जलवायु सम्मेलन हुँदै आएको छ । सम्मेलनमा सिन्धुपाल्चोकका सबै विषयगत कार्यालयका प्रतिनिधिहरू, स्थानीय तहका प्रतिनिधि लगायत अन्य सरोकारवाला निकायको उपस्थितिमा थियो ।
जुरे पहिरोबाट जनधनको क्षति, भोटेकोशी नदी थुनिएको, ०७२ साल वैशाख १२ को भूकम्पमा सबैभन्दा बढी मानवीय र भौतिक क्षति व्यहोरेको, भोटेकोशी बाढी, लगायत यस बर्षमा लिदी र घुम्थाङ्गमा गएको पहिरोको क्षति र चुनौतिका विषयमा सरोकारवालाहरुले छलफल गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्