
काठमाडौं, भदौ १ । यस वर्षको मदन पुरस्कार योगेश राज र जगदम्बाश्री पुरस्कार बैरागी काइँलालाई दिने निर्णय भएको छ । मदन पुरस्कार गुठीको आइतबार बसेको साधारसभाले ‘रणहार’ पुस्तकका लागि योगेशराजलाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।
यस्तै लामो समयदेखि नेपाली साहित्य क्षेत्रमा योगदान पुर्याएका कवि बैरागी काइँलालाई जगदम्बाश्री पुरस्कार दिने निर्णय गुठीले गरेको हो ।
मदन पुरस्कारका लागि सानु शर्माको ‘एकादेशमा’, बिन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’, कुमार नगरकोटीको ‘ज्ञ’, छुदेन काविमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिका’, योगेशराजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लाश’ गरी सातवटा कृति छनौटमा परेका थिए ।
२०१२ सालमा स्थापना भएको यी दुवै पुरस्कारको राशी यो वर्षदखि ४–४ लाख रुपैयाँ पु¥याइएको पनि गुठीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्