१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पार्टी विभाजन हुँदा प्रतिगामी शक्तिले सडकमा उत्सव मनाए– गृहमन्त्री थापा


0
Shares

काठमाडौं । गृहमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य रामबहादुर थापाले नेकपा विभाजनबाट प्रतिगामी शक्तिहरू उत्साहित भएको बताउनुभएको छ । शनिबार कमलादीमा बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले नेकपाबाट एउटा गुट अलग हुँदा प्रतिगमनकारीहरूले सडकमा उत्सव मनाएको बताउनुभयो ।

नेता थापाले राजनीतिक अस्थिरता सिर्जना गर्न सकेको र दुई तिहाइको सरकार विघटन गर्न पाउँदा प्रतिगमनकारी खुसी भएको टिप्पणी गर्नुभयाे । ‘उनीहरु फेरि प्रतिगमन फर्काउन सकिन्छ र पूरानै व्यवस्था फर्काउन सकिन्छ भनेर सडकमा उत्साह मनाइरहेका छन्’, उहाँले भन्नुभयो । देशी विदेशी शक्तिहरू प्रतिगमन भित्र्याउन क्रियाशिल भएको उहाँको आरोप छ ।

फरक प्रसङ्गमा नेता थापाले पार्टी राजनीतिक र विचारधाराका कारण विभाजित नभएको बताउनुभयो । अशंबण्डाको झगडाका कारण पार्टी विभाजन भएको बताउँदै उहाँले प्रधानमन्त्री, राष्ट्रपति, राजदूत, मन्त्री लगायतका पदमा भागवण्डा नमिलेपछि दाहाल–नेपाल पक्ष पार्टी विभाजनको दिशामा अघि बढेको आरोप लगाउनुभएको छ ।