१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


शिक्षा पत्रकार सञ्जालको अध्यक्षमा अधिकारीकै निरन्तरता


0
Shares

काठमाडौं । शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन)को अध्यक्षमा प्रकृति अधिकारीले निरन्तरता पाएका छन् । अधिकारी यसअघि पनि अध्यक्ष थिए ।

शनिबार सम्पन्न सातौँ अधिवेशनले उहाँको अध्यक्षतामा एघार सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । सञ्जालको उपाध्यक्षमा सूर्यप्रसाद पाण्डे, महासचिवमा विनोद घिमिरे, कोषाध्यक्षमा रविचन्द्र पराजुली र सचिवमा पार्वता चौधरी निर्विरोध निर्वाचित भएका छन् ।

सदस्यहरुमा रुपेश आचार्य, मञ्जिमा ढकाल, विष्णु नेपाल, दुर्गा लामिछाने, प्रशान्त ओली र दीपक अर्याल निर्वाचित भएका छन् । अधिवेशनमा प्रमुख निर्वाचन आयुक्त अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारी र निर्वाचन आयुक्त राजेन्द्र उपे्रतिले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

त्यसअघि आयोजित साधारण सभामा महासचिव सूर्यप्रसाद पाण्डेले संस्थाको सांगठनिक र कोषाध्यक्ष विनोद घिमिरेले आर्थिक प्रतिवेदन पेश गरेका थिए । अधिवेशनमा इजोनका सल्लाहकार ईश्वरराज ढकाल र भवानीश्वर गौतम, अभिभावक महासंघका अध्यक्ष भण्डारीले मन्तव्य राखेका थिए ।