१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पाकिस्तानी कप्तान आजमले आइतबारको खेल गुमाउने


0
Shares

एजेन्सी । पाकिस्तानका कप्तान बाबर आजमले न्युजिल्याण्डविरुद्धको दोस्रो तथा अन्तिम टेस्ट क्रिकेट गुमाउने भएका छन । अभ्यासको क्रममा चोट बोकेका आजमले अन्तिम टेस्ट गुमाउने भएको पाकिस्तानी क्रिकेट बोर्डले जनाएको छ ।

न्युजिल्याण्ड भ्रमणमा रहेको पाकिस्तान र घरेलु टिमबीचको दोस्रो तथा अन्तिम टेस्ट आइतबार हुँदैछ । आईसीसी टेस्ट च्याम्पियनसिप अन्तर्गतको दुई खेलको सिरिजमा न्युजिल्याण्ड १–० ले अघि छ । पहिलो टेष्टमा न्युजिल्याण्डले पाकिस्तानलाई १ सय १ रनले हराएको थियो ।

चोटका कारण आजमले पहिलो टेस्ट समेत गुमाएका थिए । त्यसअघि उनी टी–ट्वान्टी सिरिजमा समेत टिम बाहिर रहेका थिए । पाकिस्तानले घरेलु मैदानमा दक्षिण अफ्रिकाविरुद्धको सिरिजमा भने उनी टिममा फर्कने आशा राखेको छ ।