७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


रसुवाकाे भार्खु–ठूलो स्याफ्रू सडकको स्तरोन्नती अन्तिम चरणमा


0
Shares

रसुवा । रसुवाको गोसाँइकुण्ड गाँउपालिकाको वडा नम्बर पाँचको सानो भार्खुदेखि ठूलो स्याफ्रूसम्म जोडने सडकको स्तरोन्नतीको काम अन्तिम चरणमा पुगेको छ ।

दश किलोमिटर सडकको ९० प्रतिशत काम सम्पन्न भएको हो । अबको पन्ध्र दिन भित्रमा काम सकिने भए पनि तुसारो पर्ने र पानी जम्न थालेपछि आरसिसी तथा कजवेको काम फागुन मसान्तमा मात्र पूरा हुने आयोजनाले जनाएको छ ।

दुई वर्षभित्रमा काम सकिने गरी पाँच करोड पचास लाख रुपैयाँको लागतमा स्वच्छन्द वल्ड वाइज अमृत जेबी कन्ट्रक्सनले सडकको जिम्मा लिएको थियो । तर, कोरोना संक्रमणको त्रासका कारण काममा केही ढिलो भएको आयोजनाले जनाएको छ ।