
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली पदमा रहन योग्य नरहेको बताउनुभएको छ ।
प्रतिनिधि सभालाई कुहिएको छानो भन्ने केपी ओलीको अभिव्यक्ती तानाशाही प्रवृत्तिको प्रमाण रहेको भन्दै पौडेलले उहाँ प्रधानमन्त्रीको कुर्सीमा बस्न योग्न नरहेको तर्क गर्नुभएको हो ।
सामाजिक सञ्जालमा एक सन्देश सम्प्रेषण गर्दै पौडेलले संविधानमा हुँदै नभएको विशेषाधिकारको गुड्डी हाँक्ने प्रधानमन्त्री केपी ओलीलाई तानाशाहीको संज्ञा दिनुभयो ।
हिजो दिउँसो प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यकर्ता भेलालाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनलाई कुहिएको छानोसँग तुलना गर्नुभएको थियो ।
उहाँले कुहिएको छानो फेर्छु भन्दा छिमेकीले कराएर रमिता देखाएको धारणा राख्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्