
काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले ठूलो कोठामा सुत्ने झगडामा कुपुत्र/कुपुत्रीले घरमै आगो लगाइदिएको टिप्पणी गर्नु भएको छ ।
उहाँले सबै मिलेर संघीय लोकतान्त्रिक गणतन्त्रको घर बनाएको भएपनि नेकपाको घर झगडाले आगो लगाएको टिप्पणी गर्नुभयो ।
नेकपामा विवाद बढेपछि यही पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नु भएको थियो ।
आज ट्विट गर्दै भट्टराईले सबै सन्तानलाई पुग्ने गरी कोठा थप्ने योजना हुँदाहुँदै आगो निभाउनु सट्टा खरानीकोलागि दौडिरहेको बताउनुभयो । छिमेकी रमिते भएको भन्दै उहाँले आगो निभाउन सबैलाई आग्रह समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्