१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोनाबाट थप ८ जनाको मृत्यु, ४ सय २१ नयाँ संक्रमित


0
Shares

काठमाडौं । नेपालमा थप ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ५ हजार आठ सय पिसिआर परीक्षणमा उनीहरूमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म सक्रिय संक्रमितको संख्या५ हजार ४ सय ८७ छ । ६ सय ३७ संक्रमणमुक्त भएसँगै हालसम्म २ लाख ५४ हजार चार सय ९४ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १८ सय ७८ जना पुगेको छ । बितेको २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ ।