
काठमाडौं । नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले विभाजतपछि पुनर्गठित पार्टीका कामहरूलाई पूर्णता दिन अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।
पेरिसडाँडास्थित पूर्व माओवादी कार्यालयमा बसेको स्थायी कमिटी बैठकले घनश्याम भुसाल, गोकर्ण विष्ट, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, सुरेन्द्र पाण्डे, शक्ति बस्नेत, बर्षमान पुन बेदुराम भुसाल र मातृका यादव सदस्य रहेको कार्यदल बनाउने निर्णय गरेको हो ।
कार्यदललाई पार्टी भित्रका विभिन्न जिम्मेवारीको टुंगो लगाउने र पार्टी एकताका थप काम गर्ने जिम्मेवारी दिने निर्णय समेत गरेको नेता योगेश भट्टराइले जानकारी दिनुभयो ।
वैठकमा आन्दोलनलाई थप व्यवस्थित बनाउने, प्रदेश सरकारहरूमा ओली पक्षले पार्न सक्ने प्रभावलगायतका विषयमा छलफल भएको जनाइएको छ । स्थायी कमिटिको अर्को बैठक सोमबार बस्ने छ ।
प्रतिक्रिया दिनुहोस्