
काठमाडौं । कारोबार हुने साताको दोश्रो दिन सुनचाँदीको मूल्य बढेको छ । सोमबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढ्दा चाँदी प्रतितोला २५ रुपैयाँले बढेको छ ।
आइतबार ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुनको मूल्य सोमबार तोलामा ९४ हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य सोमबार प्रतितोला १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदी २५ रुपैयाँ कम अर्थात १ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस्